kumari
stcnepal

प्रेस स्वतन्त्रता हननका घटना बढ्दो

नेपाल प्रेस काउन्सिलले गएको साउनदेखि मंसिर मसान्तसम्म प्रेस स्वतन्त्रता हननका ३१ वटा घटना सार्वजनिक गरेको छ । काउन्सिलको प्रेस स्वतन्त्रता अनुगमन शाखाको अभिलेखअनुसार प्रेस स्वतन्त्रता हननका यसबीचमा ३१ वटा घटना भएका हुन् ।

जसमा गिरफ्तारीका पाँच, कब्जारअवरोधका दुई, आक्रमणका दुई, धम्की र दुर्व्यवहारका १२ र पेसागत असुरक्षाका १० वटा घटना रहेको देखिएको हो ।

त्यस्ता घटना सबैभन्दा बढी वाग्मती प्रदेशमा १७ वटा भएको छ भने प्रदेश नम्बर २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा २र२ वटा घटना भएका छन् ।

काउन्सिलका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा ६१ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिलेख भएको थियो ।

 

footer