kumari
stcnepal

साना वामपन्थी दलको आज उपत्यकामा प्रदर्शन

काठमाडौँ । एमसीसी सम्झौता राष्ट्रघाती भएको ठहर गर्दै साना वामपन्थी दलले आज उपत्यकामा प्रदर्शन गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले कुनै पनि हालतमा संसदबाट एमसीसी पारित हुन नहुने भन्दै खबरदारी गरेका थिए ।

२२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेलले संसद बैठकमा एमसीसी संसदको कार्यसूचीमा पार्न अमेरिकाले दबाव दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शनको आयोजना गरिएको बताएका छन् ।

साना वाम पन्थी दल र नागरिक समाजले समेत एमसीसीको विरुद्धमा निरन्तर सडक सर्घषण गर्दै आएका भएपनि प्रधानमन्त्री शेरवहादुर देउवा भने जसरी भएपनि एमसीसी पारित गर्ने पक्षमा रहेका छन् ।

 

footer