kumari
stcnepal

कार्यकारी निर्देशक पौडेल आयल निगमबाट बिदा भए

 

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकको तीन वर्षे कार्यभार पूरा गरेर सुरेन्द्रकुमार पौडेल निगमबाट बिदा भएका छन् ।
२०७५ साल पुस २३ गतेको मन्त्रिपरिषद् बैठकले पौडलललाई खुला प्रतिस्पर्धाबाट पहिलो पटक निगमको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।
बिहीबार सामाजिक सञ्जालमा फेसबुकमार्फत पौडेलले तीन वर्षे कार्याकाल पूरा गरेर निगमबाट बिदा भएको उल्लेख गरेका छन् ।
निगमको कार्यकारी निर्देशकको पदीय गरिमा जोगाउन, निगमको हित र उपभोक्ताको श्रीवृद्धिमा आफूले सक्ने काम गरेको उनको दाबी छ । ‘आयल निगमको कार्यकारी निर्देशकको रुपमा आफ्नो सक्रिय तीन वर्षे कार्यकाल केवल निगम र समस्त उपभोक्ताको सर्वतोमुखी हितलाई अर्जुन दृष्टि र अभिष्ट बनाउँदै आउने क्रमले आजबाट बिट मारेको छु । आफूले कति सहजीकरण गर्न सकेँ या सकिन यसको समग्र मूल्यांकन इतिहासलाई छाडेको छु’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

footer