सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कार्यकारी निर्देशक पौडेल आयल निगमबाट बिदा भए

377
shares

 

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकको तीन वर्षे कार्यभार पूरा गरेर सुरेन्द्रकुमार पौडेल निगमबाट बिदा भएका छन् ।
२०७५ साल पुस २३ गतेको मन्त्रिपरिषद् बैठकले पौडलललाई खुला प्रतिस्पर्धाबाट पहिलो पटक निगमको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।
बिहीबार सामाजिक सञ्जालमा फेसबुकमार्फत पौडेलले तीन वर्षे कार्याकाल पूरा गरेर निगमबाट बिदा भएको उल्लेख गरेका छन् ।
निगमको कार्यकारी निर्देशकको पदीय गरिमा जोगाउन, निगमको हित र उपभोक्ताको श्रीवृद्धिमा आफूले सक्ने काम गरेको उनको दाबी छ । ‘आयल निगमको कार्यकारी निर्देशकको रुपमा आफ्नो सक्रिय तीन वर्षे कार्यकाल केवल निगम र समस्त उपभोक्ताको सर्वतोमुखी हितलाई अर्जुन दृष्टि र अभिष्ट बनाउँदै आउने क्रमले आजबाट बिट मारेको छु । आफूले कति सहजीकरण गर्न सकेँ या सकिन यसको समग्र मूल्यांकन इतिहासलाई छाडेको छु’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports