kumari
stcnepal

थप नाै जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

काठमाडौं । गृह मन्त्रालयले थप नौ जिल्लाका प्रमख जिल्ला अधिकारी हेरफेर गरेको छ । गत शुक्रबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै नौ जिल्लका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन् ।

जसमा गृह मन्त्रालयका सहसचिव हुमकला पाण्डेलाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला मन्त्रालयमा तानिएका छन् ।

गृह प्रवेश गरेका सुरेन्द्र पौडेललाई धनुषाका पठाउँदा काभ्रेका शिवराम पोखरेल मन्त्रालय तानिएका छन् ।त्यसैगरी सल्यानका प्रजिअ लक्ष्मीदेवी होमागाई मन्त्रालय सरुवा गरिएको छ । सल्यानको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव विपिन आचार्यलाई पठाइएको छ ।

यस्तै कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य मन्त्रालय तानिएका छन् मन्त्रालयका उपसचिव रामहरि शर्मा कालिकोटको प्रजिअ बनेका छन् ।

मन्त्रायमा रहेका सहसचिव सुमन घिमिरेलाई नवलपरासी ( वर्दघाट सूस्ता पूर्व) को प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।बुधवार मात्रै मन्त्रालयले १४ जिल्लाका प्रजिअ र सहायक प्रजिअ हेरफेर गरेको थियो ।

footer