विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

थप नाै जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

754
shares

काठमाडौं । गृह मन्त्रालयले थप नौ जिल्लाका प्रमख जिल्ला अधिकारी हेरफेर गरेको छ । गत शुक्रबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै नौ जिल्लका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन् ।

जसमा गृह मन्त्रालयका सहसचिव हुमकला पाण्डेलाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला मन्त्रालयमा तानिएका छन् ।

गृह प्रवेश गरेका सुरेन्द्र पौडेललाई धनुषाका पठाउँदा काभ्रेका शिवराम पोखरेल मन्त्रालय तानिएका छन् ।त्यसैगरी सल्यानका प्रजिअ लक्ष्मीदेवी होमागाई मन्त्रालय सरुवा गरिएको छ । सल्यानको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव विपिन आचार्यलाई पठाइएको छ ।

यस्तै कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य मन्त्रालय तानिएका छन् मन्त्रालयका उपसचिव रामहरि शर्मा कालिकोटको प्रजिअ बनेका छन् ।

मन्त्रायमा रहेका सहसचिव सुमन घिमिरेलाई नवलपरासी ( वर्दघाट सूस्ता पूर्व) को प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।बुधवार मात्रै मन्त्रालयले १४ जिल्लाका प्रजिअ र सहायक प्रजिअ हेरफेर गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports