kumari
stcnepal

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी आजदेखि सहायक रथी सिलवाललाई

काठमाडौँ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी आजदेखि सहायक रथी नारायण सिलवालले पाएका छन् । सैनिक मुख्यालय जंगी अड्डाले मन्त्रिपरिषदको पुस १ गतेको निर्णयअनुसार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकमा सरुवा भएका सहायक रथी नारायण सिलवाललाई आजदेखि औपचारिक जिम्मेवारी दिइएको बताएको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक नै सेनाको प्रवक्ता रहने व्यवस्था छ। बुधबारसम्म सेनाको प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौड्याल थिए। उनको १६ महिनापछि सरुवा भएको छ। पौड्यालले शान्ति सेना निर्देशनालयको निर्देशकका रुपमा जिम्मेवारी पाएका छन्। नयाँ प्रवक्ताको जिम्मेवारी सम्हालेका सिलवाल यसअघि १ नम्बर बाहिनी बालाजुमा बाहिनीपति थिए ।

footer