विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी आजदेखि सहायक रथी सिलवाललाई

598
shares

काठमाडौँ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी आजदेखि सहायक रथी नारायण सिलवालले पाएका छन् । सैनिक मुख्यालय जंगी अड्डाले मन्त्रिपरिषदको पुस १ गतेको निर्णयअनुसार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकमा सरुवा भएका सहायक रथी नारायण सिलवाललाई आजदेखि औपचारिक जिम्मेवारी दिइएको बताएको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक नै सेनाको प्रवक्ता रहने व्यवस्था छ। बुधबारसम्म सेनाको प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौड्याल थिए। उनको १६ महिनापछि सरुवा भएको छ। पौड्यालले शान्ति सेना निर्देशनालयको निर्देशकका रुपमा जिम्मेवारी पाएका छन्। नयाँ प्रवक्ताको जिम्मेवारी सम्हालेका सिलवाल यसअघि १ नम्बर बाहिनी बालाजुमा बाहिनीपति थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports