kumari
stcnepal

कोरोना बढेसगै गोरखाको मनकामना मन्दिरमा जान भक्तजनलाई रोक

काठमाडौँ । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजनलाई  प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।
कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए ।

समितिको मङ्गलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताए । “कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दो छ”, जोशीले भने, “पूजाआजाका लागि भक्तजनको भीड हुने भएकाले सङ्क्रमण फैलने डरले पूजाआजामा रोक लगाउने निर्णय गरिएको हो ।”

footer