कोरोना बढेसगै गोरखाको मनकामना मन्दिरमा जान भक्तजनलाई रोक
वि.सं.२०७८ माघ ५ बुधवार ११:५३
shares
dgsfdgfdf bz{gfyL{sf] eL8 a8fbz}FcGtu{t dxfci7dLsf cj;/df uf]/vfsf] dgsfdgf dlGb/df a'waf/ bz{gfyL{sf] eL8 . t:jL/ M bLks >]i7, uf]/vf, /f;;
काठमाडौँ । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजनलाई प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।
कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए ।
समितिको मङ्गलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताए । “कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दो छ”, जोशीले भने, “पूजाआजाका लागि भक्तजनको भीड हुने भएकाले सङ्क्रमण फैलने डरले पूजाआजामा रोक लगाउने निर्णय गरिएको हो ।”






































