kumari
stcnepal

खराब मौसमका कारण आन्तरिक हवाई उडानहरु प्रभावित

ककाठमाडौँ । खराब मौसमका कारण आन्तरिक हवाई उडानहरु प्रभावित भएका छन् । आज बिहानैदेखि लागेको बाक्लो हुस्सुका तथा हिमपातका कारण तराई क्षेत्रका तीन वटा र हिमाली क्षेत्रका पाँच वटा विमानस्थल खुल्न सकेका छैनन् ।
त्रिभुवन विमानस्थलका अनुसार विराटनगर विमानस्थल, भरतपुर विमानस्थल र भैरहवा विमानस्थल खराब मौसमकै कारण अहिलेसम्म खुल्न सकेका छैनन् ।यता सिमरा विमानस्थल भने मौसममा क्रमिक सुधार भएसँगै खुलेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई जानकारी दिए । यस्तै, लुक्ला, फाप्लु, सिमीकोट, डोल्पा र रारामा भन हिमपातका कारण उडानहरु प्रभावित भएका छन् । यी क्षेत्रहरुको भिजिविलिटी एक हजार मिटर भन्दा कम रहेकाले उडानमा समस्या आएको विमानस्थलको भनाइ छ । उडान सुचारु हुन कम्तिमा पनि १६०० देखि २००० मिटर सम्मको भिजिबिलिटी आवश्यक पर्छ ।

काठमाडौंको अवस्था ठीक रहेको छ भने जनकपुर, नेपालगञ्ज, चन्द्रपुर, सुर्खेत, पोखरा र तुम्लिनटार विमानस्थलको अवस्था सामान्य रहेको प्रवक्ता सिटौलाले जानकारी दिए । अहिलेसम्म प्रभावित गन्तव्यहरुमा जाने आउने गरी करिब दुई दर्जन उडान प्रभावित भएको हुनसक्ने उनले जानकारी दिए ।

 

footer