विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

खराब मौसमका कारण आन्तरिक हवाई उडानहरु प्रभावित

585
shares

ककाठमाडौँ । खराब मौसमका कारण आन्तरिक हवाई उडानहरु प्रभावित भएका छन् । आज बिहानैदेखि लागेको बाक्लो हुस्सुका तथा हिमपातका कारण तराई क्षेत्रका तीन वटा र हिमाली क्षेत्रका पाँच वटा विमानस्थल खुल्न सकेका छैनन् ।
त्रिभुवन विमानस्थलका अनुसार विराटनगर विमानस्थल, भरतपुर विमानस्थल र भैरहवा विमानस्थल खराब मौसमकै कारण अहिलेसम्म खुल्न सकेका छैनन् ।यता सिमरा विमानस्थल भने मौसममा क्रमिक सुधार भएसँगै खुलेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई जानकारी दिए । यस्तै, लुक्ला, फाप्लु, सिमीकोट, डोल्पा र रारामा भन हिमपातका कारण उडानहरु प्रभावित भएका छन् । यी क्षेत्रहरुको भिजिविलिटी एक हजार मिटर भन्दा कम रहेकाले उडानमा समस्या आएको विमानस्थलको भनाइ छ । उडान सुचारु हुन कम्तिमा पनि १६०० देखि २००० मिटर सम्मको भिजिबिलिटी आवश्यक पर्छ ।

काठमाडौंको अवस्था ठीक रहेको छ भने जनकपुर, नेपालगञ्ज, चन्द्रपुर, सुर्खेत, पोखरा र तुम्लिनटार विमानस्थलको अवस्था सामान्य रहेको प्रवक्ता सिटौलाले जानकारी दिए । अहिलेसम्म प्रभावित गन्तव्यहरुमा जाने आउने गरी करिब दुई दर्जन उडान प्रभावित भएको हुनसक्ने उनले जानकारी दिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports