kumari
stcnepal

विराटनगर महानगरपालिका धेरै जनसंख्या हुने पाँच शहरभीत्र परेन

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार सबैभन्दा बढी जनसंख्या हुने नगरमा विराटनगर महानगरपालिका शीर्ष पाँचमा परेन ।शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकामध्ये काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र विरगञ्ज महानगरपालिका रहेका छन्।

यस्तै अर्को नगर विराटनगर महानगरपालिका शीर्ष ५ मा परेको छैन।यस्तै सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकामा डोल्पा जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभा जिल्लाको मादी, तेह्रथुम जिल्लाको लालिगुराँस र दोलखा जिल्लाको जिरी नगरपालिका पर्छन् ।

सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौं महानगरपालिकामा ८ लाख ६५ हजार ९ सय ६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १ सय ८७ जनसंख्या रहेको छ। तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भीक आँकडामा सबै नगरपालिकाको जनसंख्या समेटेको छैन।
२० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने १ लाख भन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा छन्।

footer