सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विराटनगर महानगरपालिका धेरै जनसंख्या हुने पाँच शहरभीत्र परेन

832
shares

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार सबैभन्दा बढी जनसंख्या हुने नगरमा विराटनगर महानगरपालिका शीर्ष पाँचमा परेन ।शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकामध्ये काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र विरगञ्ज महानगरपालिका रहेका छन्।

यस्तै अर्को नगर विराटनगर महानगरपालिका शीर्ष ५ मा परेको छैन।यस्तै सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकामा डोल्पा जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभा जिल्लाको मादी, तेह्रथुम जिल्लाको लालिगुराँस र दोलखा जिल्लाको जिरी नगरपालिका पर्छन् ।

सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौं महानगरपालिकामा ८ लाख ६५ हजार ९ सय ६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १ सय ८७ जनसंख्या रहेको छ। तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भीक आँकडामा सबै नगरपालिकाको जनसंख्या समेटेको छैन।
२० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने १ लाख भन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports