kumari
stcnepal

गीतकार डा. डिआर उपाध्यायको ‘सोध न तिमी आफैँसँग’को भिडियो सार्वजनिक

गीतकार डा. डिआर उपाध्यायको नयाँ गीत ‘सोध न तिमी आफैँसँग’को भिडियो सार्वजनिक भएको छ । उदय सोताङको स्वरमा रहेको गीतमा बुलु मुकारुङको संगीत छ । नोर्बु शेर्पाले संगीत संयोजन गरेका छन् ।

सुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियोमा विशाल थापा, दीपिका थापा र निर्मल न्यौपानेको अभिनय छ । प्रेम लामाले खिचेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

गीतकार डा. उपाध्यायले केही समयअघि एकैपटक सात एल्बम निकालेका थिए । उनले निकालेका एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ हुन् ।

footer