kumari
stcnepal

आज सर्वोच्चमा आलमको मुद्दामा सुनुवाइ

लामो समयदेखि स्थगित हुँदै आएको मोहम्मद अफताब आलमको मुद्दामा शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । यसअघि कहिले हेर्न नमिल्ने त कहिले हेर्न नभ्याइनेमा पर्दै आएको उक्त मुद्दा शुक्रवार न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

२०६४ साल चैत २७ गते रौतहटमा बम विस्फोट गराई आफ्नै सहयोगीको हत्या र घाइतेलाई जिउँदै इँटाभट्टामा पोलेको अभियोगमा रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।उक्त आदेशविरुद्ध आलम सर्वोच्च अदालत पुगे पनि पेशी निरन्तर सर्दै आएको थियो । निलम्बित सांसद आलमले आफू थुनामुक्त हुन पाउनुपर्ने माग गरेका छन् ।

footer