kumari
stcnepal

भोलि गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बस्ने भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा भोलि बैठक बस्ने सहमति गरेका हुन् ।सत्ता गठबन्धनका अहिले स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा छलफल हुँदै आएको छ । सोहि विषयमा भोलिको बैठकमा छलफल हुने जनाएको छ ।

footer