kumari
stcnepal

आफ्नै घोषणा विपरीत माधव नेपालको एसनिकट एकीकृत सरकारी कर्मचारी संगठनको घोषणा

 

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट निजामती कर्मचारीहरुले बेग्लै संगठन स्थापना गरेका छन् । यसअघि नेपाल निजामती कर्मचारी संगठनकै नामबाट समानान्तर समिति गठन गरिएकोमा सो समितिका अध्यक्ष रेवन्त गौतमसहितका पदाधिकारी मूलधारमै फर्किएपछि नयाँ संगठन घोषणा गरिएको हो ।

हिजो  (शनिवार) सम्पन्न विशेष राष्ट्रिय भेलाले मोहन घिमिरेको अध्यक्षतामा एकीकृत सरकारी कर्मचारी संगठन नेपाल घोषणा गरेको हो । घिमिरे यसअघि निजामति कर्मचारी संगठनको अध्यक्ष रहिसकेका थिए। विभाजनपछि उनी माधव नेपाल नेतृत्वको नेकपा एसमा सक्रिय रहेका छन् । नवगठिन एकीकृत सरकारी कर्मचारी संगठनले सदस्यता विस्तार र ट्रेड युनियन दर्ताका लागि हस्ताक्षर संकलन एकैपटक अघि बढाउने भएको छ ।संगठनको स्थानीय, प्रदेश र संघ सबै तह तथा सम्पूर्ण सेवा समूहको संगठन बन्ने र त्यसमा करारका कर्मचारी समेत समेटिने घिमिरेले बताएका छन् ।

नेकपा एसले आफ्नो पार्टीमा सरकारी कर्मचारी र शिक्षकलाई सदस्यता नदिने घोषणा गरेको थियो । शनिवारको विशेष राष्ट्रिय भेलालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, श्रम मन्त्री किसान श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

footer