विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफ्नै घोषणा विपरीत माधव नेपालको एसनिकट एकीकृत सरकारी कर्मचारी संगठनको घोषणा

637
shares

 

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट निजामती कर्मचारीहरुले बेग्लै संगठन स्थापना गरेका छन् । यसअघि नेपाल निजामती कर्मचारी संगठनकै नामबाट समानान्तर समिति गठन गरिएकोमा सो समितिका अध्यक्ष रेवन्त गौतमसहितका पदाधिकारी मूलधारमै फर्किएपछि नयाँ संगठन घोषणा गरिएको हो ।

हिजो  (शनिवार) सम्पन्न विशेष राष्ट्रिय भेलाले मोहन घिमिरेको अध्यक्षतामा एकीकृत सरकारी कर्मचारी संगठन नेपाल घोषणा गरेको हो । घिमिरे यसअघि निजामति कर्मचारी संगठनको अध्यक्ष रहिसकेका थिए। विभाजनपछि उनी माधव नेपाल नेतृत्वको नेकपा एसमा सक्रिय रहेका छन् । नवगठिन एकीकृत सरकारी कर्मचारी संगठनले सदस्यता विस्तार र ट्रेड युनियन दर्ताका लागि हस्ताक्षर संकलन एकैपटक अघि बढाउने भएको छ ।संगठनको स्थानीय, प्रदेश र संघ सबै तह तथा सम्पूर्ण सेवा समूहको संगठन बन्ने र त्यसमा करारका कर्मचारी समेत समेटिने घिमिरेले बताएका छन् ।

नेकपा एसले आफ्नो पार्टीमा सरकारी कर्मचारी र शिक्षकलाई सदस्यता नदिने घोषणा गरेको थियो । शनिवारको विशेष राष्ट्रिय भेलालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, श्रम मन्त्री किसान श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports