kumari
stcnepal

एमसीसी बारे गठबन्धनमा सहमति जुटेन

एमसीसीबारे निर्णय गर्न बसेको सत्तारुढ गठबन्धनका दलहरुको बैठकमा कुनै ठोस निष्कर्ष निस्केन ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा कुनै पनि ठोस निष्कर्ष ननिस्केको बताइएको छ ।उनीहरुले एमसीसी पारित गर्नेबारे तथा निर्वाचन बारे छलफल गरेको बताइएको छ ।

निर्वाचनको मिति यथाशीघ्र तोक्न चातर्फी दवाव आए पनि सरकार तथा गठबन्धन दलहरुले आलटाल गरिरहेका छन् । उता संसदमा एमसीसी पारित गर्न पेश गरिएको प्रस्ताव दलहरुबीचको विवादका कारण टेबुल हुन सकेको छैन । एमसीसी राष्ट्रघाती भएको र पारित हुन नहुने भन्दै चर्को विरोध भइरहेको छ ।

footer