kumari
stcnepal

अब बस्ने क्याविनेटले निर्वाचनको मिति घोषणा गर्ने

सरकारले ०७९ जेठ ४ गते एकै चरणमा निर्वाचन गर्नेगरी मिति तोक्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा सोबारे जानकारी गराउनुभएको हो ।

बालुवाटारमा भएको आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते एकै चरणमा निर्वाचन गर्नेगरी अब बस्ने क्याविनेट बैठकले मिति तोक्ने जानकारी गराउनुभएको हो । सो क्रममा उहाँले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको सबै तयारी गृह मन्त्रालयले गर्ने भन्दै आयोगका तर्फबाट आवश्यक तयारी गर्न निर्देशन पनि दिनुभएको थियो ।

आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ सम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो ।यसअघि हिजो प्रधानमन्त्री देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी गराउनुभएको थियो ।

footer