विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब बस्ने क्याविनेटले निर्वाचनको मिति घोषणा गर्ने

676
shares

सरकारले ०७९ जेठ ४ गते एकै चरणमा निर्वाचन गर्नेगरी मिति तोक्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा सोबारे जानकारी गराउनुभएको हो ।

बालुवाटारमा भएको आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते एकै चरणमा निर्वाचन गर्नेगरी अब बस्ने क्याविनेट बैठकले मिति तोक्ने जानकारी गराउनुभएको हो । सो क्रममा उहाँले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको सबै तयारी गृह मन्त्रालयले गर्ने भन्दै आयोगका तर्फबाट आवश्यक तयारी गर्न निर्देशन पनि दिनुभएको थियो ।

आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ सम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो ।यसअघि हिजो प्रधानमन्त्री देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी गराउनुभएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports