kumari
stcnepal

निर्वाचन सुरक्षा योजना ल्याउन सुरक्षा निकायलाई निर्देशन

सरकारले चुनावको घोषणा नगर्दै निर्वाचनको लागि आवश्यक तयारीलाई तिव्रता दिएको छ । सोही अनुसार बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाएर पेश गर्न निर्देशन दिएको छ ।

बैठकपछि गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षा निकायलाई चुनावी सुरक्षा योजना बनाएर ल्याउन निर्देशन दिएको बताए ।  गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा समग्र सुरक्षाको विश्लेषणका साथै सुधार्नुपर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा सुरक्षा भरपर्दो दिनका लागि आवश्यक सबै रणनीति अख्तियार गर्न गृहमन्त्रीले निर्देशन दिएका थिए ।  बैठकमा म्यादी प्रहरी भर्ना गर्नेदेखि क-कस्ता रणनीति बनाउनु पर्ने सबै योजना बनाउन निर्देशन भएको हो ।
footer