kumari
stcnepal

भोलि बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नसक्ने

निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजानका लागि गृह मन्त्रालयमा पेश गरेको छ ।निर्वाचन आयोगले पठाएको स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने प्रस्ताव गृहमन्त्रीमार्फत् मन्त्रिपरिषद्मा पेश हुन्छ ।मन्त्रिपरिषद्ले प्रस्तावमा छलफल गरी निर्वाचनको मिति घोषणा गर्छ । निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलवार भएको भेटपछि आयोगले तत्कालै प्रस्ताव गृह मन्त्रायमा पुर्‍याएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल भएको थियो । जेठ ४ गते स्थानीय तहको निर्वाचनको मिति तोक्न प्रधानमन्त्री तयार भएपछि आयोगले तत्कालै प्रस्ताव पठाएको हो । मंगलवारको भेटमा सरकारले चाँडै निर्वाचनको मिति घोषणा गर्ने भएकाले निर्वाचन सम्बन्धी कामको तयारी थाल्न प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिएका थिए । भोलि बिहीवार बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नसक्ने अपेक्षा गरिएको छ ।

footer