तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोलि बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नसक्ने

481
shares

निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजानका लागि गृह मन्त्रालयमा पेश गरेको छ ।निर्वाचन आयोगले पठाएको स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने प्रस्ताव गृहमन्त्रीमार्फत् मन्त्रिपरिषद्मा पेश हुन्छ ।मन्त्रिपरिषद्ले प्रस्तावमा छलफल गरी निर्वाचनको मिति घोषणा गर्छ । निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलवार भएको भेटपछि आयोगले तत्कालै प्रस्ताव गृह मन्त्रायमा पुर्‍याएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल भएको थियो । जेठ ४ गते स्थानीय तहको निर्वाचनको मिति तोक्न प्रधानमन्त्री तयार भएपछि आयोगले तत्कालै प्रस्ताव पठाएको हो । मंगलवारको भेटमा सरकारले चाँडै निर्वाचनको मिति घोषणा गर्ने भएकाले निर्वाचन सम्बन्धी कामको तयारी थाल्न प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिएका थिए । भोलि बिहीवार बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नसक्ने अपेक्षा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports