kumari
stcnepal

बास्कोटा भन्दछन् :एमसीसीको सन्नीपातले सत्तासीनलाई बर्बराउने नै बनाएछ

 

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताले सत्तारुढ दलहरूलाई बर्बराउने नै बनाएको बताएका छन् ।
गठबन्धनले सत्तामा पुग्नका लागि ‘चिम्टा बनाएको’ एमसीसी अहिले उनीहरूका लागि नै सनासो भएको टिप्पणी गरेका छन् । ‘एमसीसीको सन्नीपातले सत्तासीनलाई बर्बराउने नै बनाएछ,’ बास्कोटाको टिप्पणी छ, ‘सम्झौता गर्ने उनै हुन् बहुमत उनैसँग छ । सेप्टेम्बर ३ को कायनबाचा उनैले गर्या हुन् ।’

एमसीसी पारित गराउन चुनौती दिँदै उनले भनेका छन्, ‘द्विपक्षीय विषय बहुपक्षीय बनाउने महान कुटनीतिक सफलता उनैको हो । हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ, आज आफैलाई सनासो भो ।’बास्कोटाले एमसीसीको भित्रको रहस्य नेपाली जनतालाई थाहा भएको भन्दै सत्तागठबन्धनले रमिता देखाइरहेको समेत बताएका छन्

footer