kumari
stcnepal

रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका प्रमुख (मेयर) रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । उनी कृष्णनगर क्षेत्रका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । उनी सामाजिक सञ्जाल फेसबुकमा आफू हजारौँ कार्यकर्तासहित कांग्रेस प्रवेश गर्न लागेको लेखेका छन् ।

केही समयअघि उनी तत्कालीन नेकपामा प्रवेश गरेका थिए । उनलाई २०७६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीमा प्रवेश गराएका थिए । शनिवार आफ्नै निवास बहादुरगञ्जमा कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मर सिंह पुन र कांग्रेस प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले उनलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम छ ।

कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अभिषेक प्रताप शाह र रजत आफन्त पनि हुन् ।

 

footer