सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश

546
shares

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका प्रमुख (मेयर) रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । उनी कृष्णनगर क्षेत्रका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । उनी सामाजिक सञ्जाल फेसबुकमा आफू हजारौँ कार्यकर्तासहित कांग्रेस प्रवेश गर्न लागेको लेखेका छन् ।

केही समयअघि उनी तत्कालीन नेकपामा प्रवेश गरेका थिए । उनलाई २०७६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीमा प्रवेश गराएका थिए । शनिवार आफ्नै निवास बहादुरगञ्जमा कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मर सिंह पुन र कांग्रेस प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले उनलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम छ ।

कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अभिषेक प्रताप शाह र रजत आफन्त पनि हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports