kumari
stcnepal

कोरोना संक्रमणबाट थप ११ जनाको निधन , १,९५७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित छन् । ३४ हजार ९८३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार १९८ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २५६ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ४ हजार २१६ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ भने ९ लाख २० हजार ५९२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका २९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार  मंगलबार २ लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

ime long ad

उपत्यकामा घट्न थाले संक्रमित

यस्तै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्न थालेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाडौं उपत्यकामा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्‍ये काठमाडौंका ३३८, ललितपुरका ७० र भक्तपुरका ४३ जना संक्रमित छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा ९४, मोरङमा ६५, चितवनमा ३८, सुनसरीमा ३७, धनुषामा ३३, काभ्रेपलाञ्चोक र रुपन्देहीमा २७/२७ जना तथा कैलालीमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै झापामा २४, सिन्धुपाल्चोकमा २३, महोत्तरीमा १६, दाङ र अछाममा १४/१४ जना, बाँके, कञ्चनपुर र डडेल्धुरामा १३/१३ जना, तनहुँमा १२, बारा, सिन्धुली र बागलुङमा ११/११ जना तथा धादिङ र मकवानपुरमा १०/१० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

 

footer