kumari
stcnepal

दाहाल नेपालबीच भेटवार्ता

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ ।

पछिल्लो समय एमसीसीको विषयलाई लिएर सत्ता गठबनधन दलबीच मतभेद बढ्दै गइरहेका बेला एकीकृत समाजवादीका अध्यक्ष नेपाल बुधबार प्रचण्डलाई भेट्न खुमलटार पुगेको हुन् । उनीहरुबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ ।

एमसीसीकै विषयलाई लिएर सत्तारुढ दलहरूबीच धुव्रीकरण बढ्दै गएको छ । एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि सारिएको छ ।

 

footer