kumari
stcnepal

स्रोत नखुलेको रकम सहित एक जना प्रहरीद्वारा पक्राउ

६९ लाख ९९ हजार रुपैयाँसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् । साथमा स्रोत नखुलेको नगद भेटिएपछि बालाजु बाइपासबाट नुवाकोटको ककनी घर भएका २९ वर्षीय नवराज ढुंगानालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

उनलाई प्रहरीले विशेष सूचनाको आधारमा हिजो मङ्गलवार बेलुका ५ बजे महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ढुङ्गानालाई थप अनुसन्धानका लागि लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

 

footer