kumari
stcnepal

पहिलो खोप लगाएको ६ महिना पुगेकालाई बुस्टर डोज दिईने

सरकारले कोभिड १९ संक्रमण विरुद्ध खोप अभियानलाई उच्च प्राथमिकता दिने निर्णय गरेको छ । चैत मसान्तभित्र सबै नागरिकलाई खोप प्रदान गरिसक्ने लक्ष्य लिएको सरकारले त्यसलाई पूरा गर्न खोप अभियानलाई तीव्रता दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार खोप लक्ष्य पूरा गर्न पहिलो डोज र बुस्टर खोपबारे विभिन्न निर्णय गरेको छ । मन्त्रालयले पहिलो डोज लगाएको ६ महिना पुगेका सबै नागरिकलाई बुस्टर खोप दिने निर्णय गरेको छ ।  बुस्टरमा स्वास्थ्यकर्मी लगायत अंग्रपंक्तिमा खटिने व्यक्ति, ६० वर्ष र माथि उमेरका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती महिला र सामाजिक जनसांख्यिक रुपमा पिछडिएका व्यक्तिलाई प्राथिमकता दिने उल्लेख छ । ६ महिना पूरा गरेकालाई आवश्यकताका आधारमा कोभिशिल्ड, एस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप पनि प्रदान गर्ने निर्णयमा उल्लेख छ ।

त्यसैगरी कोरोना संक्रमणमुक्त भएको एक महिनापछि संक्रमितलाई बुस्टरसहित जुनसुकै खोप दिने निर्णय गरेको मन्त्रालयका जनस्वास्थ्य अधिकृत संजयकुमार महासेठले जानकारी दिए ।

मन्त्रालयले पहिलो मात्राको खोप प्रदानलाई उच्च प्राथमिकता दिने र ६ महिना पूरा गरेका व्यक्तिलाई बुस्टर खोपको पहुँच सहज किसिमले हुनसक्नेगरी पूर्ववत: विभिन्न स्थानमा खोप केन्द्र सञ्चालन गर्न पनि मातहत निकायलाई निर्देशन तथा आग्रह गरेको छ ।

footer