kumari
stcnepal

कमल थापाले नयाँ पार्टी खोल्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वउपप्रधानमन्त्री कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन् ।

थापा समूहको बिहीबार राजधानीमा बसेको बैठकले चाँडै दल दर्ता गर्न थापालाई जिम्मेवारी दिएको छ । ‘आज बसेको बैठकले थापालाई दल दर्ताको अधिकार दिएको छ,’ थापानिकट नेता राजाराम बर्तौलाले भने ।  हिन्दुत्व, सुशासन र समृद्धिको मुख्य एजेण्डा राखेर दल दर्ता हुन लागेको उनले जानकारी दिए।

दल दर्ताका लागि निर्वाचन आयोगसँग परामर्श भइरहेको र दर्ताको क्रममा अरु तयारीहरु भइरहेको बर्तौलाले बताए । उनकाअनुसार ढिलोमा फागुनको पहिलो साताभित्र दल दर्ता भइसक्ने तयारी छ ।

ime long ad

बैठकमा थापाले पार्टीको नाम र चुनाव चिह्न प्रस्ताव गर्न सहभागीहरुलाई आग्रह गरेका थिए । ‘विभिन्न नामहरु प्रस्ताव भएको छ । धेरै साथीहरुले राष्ट्रिय एकता पार्टी नेपाल नाममा जोड दिएका छन् । विभिन्‍न चुनाव चिन्ह र विभिन्न नामहरुमा छलफल भइरहेको छ,’ बर्तौलाले  भने।

मंसिरमा सम्पन्न महाधिवेशनमा आफूलाई हराउने निर्मल निवासमाथि छानविन नगरेकोमा असन्तुष्टि जनाउँदै थापाले मंगलबार राप्रपा परित्यागको घोषणा गरेका थिए ।

 

 

 

footer