सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कमल थापाले नयाँ पार्टी खोल्ने

507
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वउपप्रधानमन्त्री कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन् ।

थापा समूहको बिहीबार राजधानीमा बसेको बैठकले चाँडै दल दर्ता गर्न थापालाई जिम्मेवारी दिएको छ । ‘आज बसेको बैठकले थापालाई दल दर्ताको अधिकार दिएको छ,’ थापानिकट नेता राजाराम बर्तौलाले भने ।  हिन्दुत्व, सुशासन र समृद्धिको मुख्य एजेण्डा राखेर दल दर्ता हुन लागेको उनले जानकारी दिए।

दल दर्ताका लागि निर्वाचन आयोगसँग परामर्श भइरहेको र दर्ताको क्रममा अरु तयारीहरु भइरहेको बर्तौलाले बताए । उनकाअनुसार ढिलोमा फागुनको पहिलो साताभित्र दल दर्ता भइसक्ने तयारी छ ।

ime long ad

बैठकमा थापाले पार्टीको नाम र चुनाव चिह्न प्रस्ताव गर्न सहभागीहरुलाई आग्रह गरेका थिए । ‘विभिन्न नामहरु प्रस्ताव भएको छ । धेरै साथीहरुले राष्ट्रिय एकता पार्टी नेपाल नाममा जोड दिएका छन् । विभिन्‍न चुनाव चिन्ह र विभिन्न नामहरुमा छलफल भइरहेको छ,’ बर्तौलाले  भने।

मंसिरमा सम्पन्न महाधिवेशनमा आफूलाई हराउने निर्मल निवासमाथि छानविन नगरेकोमा असन्तुष्टि जनाउँदै थापाले मंगलबार राप्रपा परित्यागको घोषणा गरेका थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports