kumari
stcnepal

जनसंख्या हेर्दै गुरागाईं, स्वास्थ्य मन्त्रालयमा दुई सचिव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अबदेखि दुई जना सचिव रहने भएका छन् ।

सरकारले सार्वजनिक खरीद अनुगमन कार्यालयमा रहेकी सचिव देवकुमारी गुरागाईंलाई जनसंख्या हेर्ने गरी स्वास्थ्य मन्त्रालयमा सचिवको जिम्मेवारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयमा दुई जनाको सचिवको दरबन्दी रहे पनि अहिले स्वास्थ्य सेवा तर्फका डा. रोशन पोखरेल मात्र मन्त्रालयमा कार्यरत छन् । सचिव गुरागाईंले जिम्मेवारी दिएको पुष्टि गर्दै पत्र भने बुझ्न बाँकी रहेको बताइन् ।

‘पत्र बनिसकेको जानकारी पाएको छु । तर, लिन बाँकी छ । सोमबार वा बुधबारबाट मन्त्रालयमा काम सुरु गर्छु,’ उनले  भनिन् ।

 

 

 

 

footer