kumari
stcnepal

२७औं जनयुद्ध दिवसको अवसरमा प्रचण्डको शुभकामना सन्देश

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा जनयुद्धको भूमिका दूरगामी महत्वको भएको बताएका छन् ।

नेपालमा राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा जनयुद्धले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले जनयुद्धकै जगमा नेपाल संघीय गणतन्त्रसम्मको अवस्थामा आइपुग्न सफल भएको बताएका छन् । २७औं जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सो कुरा भएका हुन् ।

‘नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि छ,’ उनको शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको ०६२/६३ को संयुक्त जनआन्दोलनपश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको छ ।’

संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान भएको प्रचण्डको भनाइ छ ।

 

 

footer