सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२७औं जनयुद्ध दिवसको अवसरमा प्रचण्डको शुभकामना सन्देश

546
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा जनयुद्धको भूमिका दूरगामी महत्वको भएको बताएका छन् ।

नेपालमा राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा जनयुद्धले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले जनयुद्धकै जगमा नेपाल संघीय गणतन्त्रसम्मको अवस्थामा आइपुग्न सफल भएको बताएका छन् । २७औं जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सो कुरा भएका हुन् ।

‘नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि छ,’ उनको शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको ०६२/६३ को संयुक्त जनआन्दोलनपश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको छ ।’

संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान भएको प्रचण्डको भनाइ छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports