kumari
stcnepal

हठात निणॅय गरिएछ, हामी बेखवर छौ, पार्टीमा छलफल गर्दछौ : नेमाङ

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे एमालेलाई जानकारी नभएको बताएका छन् ।

महाअभियोगबारे सत्ता पक्षले एमालेसँग कुनै छलफल नगरेको उनले प्रतिक्रिया दिएका छन् । ‘सत्ता पक्षले हामीसँग सल्लाह गरेको छैन, आफ्नै ढंगले काम गर्छ । भयो (महाअभियोग दर्ता भयो(भन्ने भर्खर थाहा पायौं’, नेम्वाङले भनेका छन् ।

महाअभियोगबारे निर्णय लिन पार्टीमा छलफलको तयारी भएको पनि उनको भनाई छ । , नेम्वाङले भने, ‘छलफल गर्छौं । सांसदहरु प्रदेशहरूको कार्यक्रममा छन् । सबैलाई खबर गरिसकेका छौं ।’

 

 

footer