kumari
stcnepal

निलम्बित प्रधानन्यायाधीश राणाको पक्षमा निस्कियो काठमाडौंमा जुलुस

नेपाली कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदको हस्ताक्षरसहित हिजो दर्ता भएको महाअभियोग प्रस्तावको विरोध गर्दै माइतीघर मण्डलामा प्रदर्शन शुरु भएको छ । प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबरामाथि महाअभियोग नलगाउन भन्दै मण्डलामा जुलुस निस्केको हो ।

आज दिउँसो पौने दुई बजेको समयमा स्वतन्त्र कानुन व्यवसायीहरुको आयोजनामा जबराको बचाउमा जुलुस निकालिएको देखिएको छ । जुलुसमा अधिवक्ता त्रिलोकबहादुर चन्द,आकृति रायमाझी,पृथ्वीराज राईलगायत ५० जनाभन्दा बढिको सहभागिता रहेको छ ।

महाअभियोगविरुध्द सडकमा उत्रेका उनीहरुले स्वतन्त्र न्यायपालिका कायम गर,अदालतमाथिको राजनीतिक हस्ताक्षेप बन्द गर, महाभियोगको प्रस्ताव अबिलम्व फिर्ता गर लगायतका नारा लगाएका छन् ।

 

 

footer