kumari
stcnepal

साहित्यकार तथा समालोचक तारानाथ शर्माको निधन, आजै अन्त्येष्टि गरिने

साहित्यकार तथा समालोचक तारानाथ शर्माको निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वती नगर चाहवेलमा उनको निधन भएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए ।

१९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोग लगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित थिए । उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने लेकालीले जनाए । झर्रोवादी आन्दोलनका एक स्तम्भका रूपमा चर्चित उनका सम्पादन र मौलिक गरी करिब दुई सय कृति प्रकाशित छन् । उनका दुई छोरा र एक श्रीमती छन् ।

 

 

 

footer