गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रीलंकाको हारसँगै नेपाल सेमिफाइनलमा

806
shares

नेपालमा जारी साफ यू–२० च्याम्पियनसिपमा समूह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका छन् । तीन राष्ट्र सम्मिलित समूहमा श्रीलंकाले लगातार दोस्रो हार व्यहोरेपछि सेमिफाइनलमा पुग्ने टोली तय भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको समूह चरणको दोस्रो खेलमा बंगलादेशले श्रीलंकामाथि २-० को सहज जित निकाल्यो । बंगलादेशले दुवै हाफमा एक-एक गोल गरेको थियो ।खेलको शुरुवातदेखि नै बंगलादेश लगातार अवसर बुने पनि सफल हुन सकेन। तर १८ औं मिनेटमा बंगलादेशले श्रीलंकाको खराब डिफेन्सको फाइदा लिँदै अग्रता लियो । रवि हुसेन राउलले लेफ्ट साइडमा दिएको बललाई पेनाल्टी बक्समा एक्लै रहेका मिराजुल इस्लामले वान टच गोल गरे ।

२९ औं मिनेटमा रोस्तम इस्लाम डुखु मियाले अग्रता दोब्बर बनाउने अवसर गुमाए । उनले नजिकै बाट गरेको प्रहार आकासिन पुग्यो । बंगलादेशका चन्दन रोयले ३८ औं मिनेटमा करिव २२ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार श्रीलंकाका गोलकिपर अहमेद फुलैलले सहजै रोके । पहिलो हाफको इन्जुरी समयमा बंगलादेशका स्ट्राइकर मिराजुल इस्लाम श्रीलंकाका गोलकिपर फुलैलसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न असफल भए । श्रीलंकाले पहिलो हाफमा खासै राम्रो अवसर बुन्न सकेन । यससँगै पहिलो हाफमा बंगलादेश १–० ले अगाडि रह्यो ।

दोस्रो हाफमा पहिलो अवसर सिर्जना हुन ५९ औं मिनेट पर्खनुपर्यो । स्यान मोहम्मद साहिलले राइट कर्नरबाट गरेको सशक्त प्रहार बंगलादेशका गोलकिपरले पन्च गर्दै आफ्नो टोलीको अग्रता जोगाइराखे । बंगलादेशले ६३औं मिनेटमा कर्नरबाट गरेको प्रहार श्रीलंकाका गोलकिपरले उत्कृष्ट बचाउ गरे । ८५ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनायो । पियास अहमेद नोभाले श्रीलंकाको खराब डिफेन्सको फाइदा लिँदै पेनाल्टी बक्सबाटै उत्कृष्ट गोल गरे । त्यसपछि पनि बंगलादेशले केही अवसर बनाए पनि सफल हुन नसके पनि श्रीलंकामाथि २–० को जित निकाल्यो ।

पहिलो खेलमा श्रीलंका घरेलु टोली नेपालसँग पराजित भएको थियो । अब नेपाल र बंगलादेशबीच समूह विजेताका लागि बिहीवार खेल हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports