kumari
stcnepal

एमसीसी संसदबाट पारित गराउने काग्रेस संसदीय दलको निर्णय

नेपाली कांग्रेसको संसदीय दलको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

संसदीय दलको बैठकपछि सांसद एव कांग्रेस महामन्त्री गगन थापाले सरकारलाई एमसीसी अघि बढाएर संसदबाट अनुमोदन गराउन अनुरोध गर्ने निर्णय भएको बताए ।

oil ad long
प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको बैठकमा फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेश हुनेमा आफू विश्वस्त रहेको बताएको थापाले जानकारी दिए । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निर्णय गरेर संसदमा दर्ता गरेको एमसीसी सम्झौता पारित गराउन कांग्रेसले  पहल लिएको उनले बताए ।

कांग्रेसले तत्कालीन नाफा–घाटा नहेरेर आफ्नो जिम्मेवारी पूरा गर्ने हिसाबले एमसीसी अघि बढाउन लागेको प्रधानमन्त्री देउवाले संसदीय दलको बैठकलाई बताएका थिए ।

कांग्रेस संसदीय दलका नेता देउवाको अध्यक्षमा बैठक बसेको थियो । बैठकमा कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी सम्झौता र त्यसका विविध आयामबारे बैठकमा धारणा राखेका थिए ।

 

footer