एमसीसी संसदबाट पारित गराउने काग्रेस संसदीय दलको निर्णय
वि.सं.२०७८ फागुन ३ मंगलवार १५:०२
shares

नेपाली कांग्रेसको संसदीय दलको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
संसदीय दलको बैठकपछि सांसद एव कांग्रेस महामन्त्री गगन थापाले सरकारलाई एमसीसी अघि बढाएर संसदबाट अनुमोदन गराउन अनुरोध गर्ने निर्णय भएको बताए ।
कांग्रेसले तत्कालीन नाफा–घाटा नहेरेर आफ्नो जिम्मेवारी पूरा गर्ने हिसाबले एमसीसी अघि बढाउन लागेको प्रधानमन्त्री देउवाले संसदीय दलको बैठकलाई बताएका थिए ।
कांग्रेस संसदीय दलका नेता देउवाको अध्यक्षमा बैठक बसेको थियो । बैठकमा कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी सम्झौता र त्यसका विविध आयामबारे बैठकमा धारणा राखेका थिए ।































