kumari
stcnepal

राप्रपाका एकसय भन्दा बढी महिलाहरू राप्रपा त्यागेर कमल थापाको पार्टीमा प्रवेश

सय बढि महिला कार्यकर्ताले पार्टी छाडेपछि राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धक्का लागेको छ । पार्टीका पूर्व अध्यक्ष कमल थापाले राप्रपा नेपाल नामक नयाँ दल खोले पछि राप्रपामा पहिरो जान थालेको हो ।

हिजो सोमबार मात्रै राप्रपाबाट १ सय ४ महिला कार्यकर्ता फेरि बौरिएको राप्रपा नेपालमा प्रवेश गरेका छन् । राप्रपाको महिला संगठनका उनीहरुले सोमबार पार्टी छाडेको जानकारी गराएका हुन् । उनीहरुले आफूहरु राप्रपाबाट अलगिएर राप्रपा नेपालसँग जोडिएको बताउँदै पार्टी छाड्नेको नाम लिस्ट आज सार्वजनिक गरेका छन् ।

footer