kumari
stcnepal

फागुन १६ गते नेपाल बन्दको घोषणा

अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोधमा फागुन १६ गते पनि नेपाल बन्दको घोषणा गरिएको छ ।

एमसीसी पारित नगर्न दबाब सृजना गर्ने उद्देश्यअनुसार आज बुधबार विप्लव नेतृत्वको माओवादीले बन्द आह्वान गरेको छ । सोही विषयमा दबाब सृजना गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले पनि आगामी १६ गते नेपाल बन्दको आह्वान गरेको हो ।

पार्टीले राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको मुद्दा अब सोझै दलाल पुँजीवादविरोधी संघर्षको एउटा अनिवार्य मुद्दा बन्न पुगेको उल्लेख गर्दै नेपाल बन्दको घोषणा गरेको हो ।

उक्त पार्टीले फागुन ४ र ५ गते एमसीसीविरुद्ध ज्ञापनपत्र बुझाउने, फागुन ६ गतेदेखि १० गतेसम्म एमसीसीको विरोधमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सरकारलाई ज्ञापनपत्र बुझाउने, फागुन ११ र १२ गते एमसीसीविरुद्ध व्यापक पर्चा वितरण गर्ने, फागुन १३ गते साँझ मसाल जुलुस तथा पुत्लादहन गर्ने, फागुन १४ र १५ गते संघर्षको बहस तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने र फागुन १६ गते नेपाल बन्द गर्ने जानकारी दिएको छ।

 

 

 

footer