सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फागुन १६ गते नेपाल बन्दको घोषणा

494
shares

अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोधमा फागुन १६ गते पनि नेपाल बन्दको घोषणा गरिएको छ ।

एमसीसी पारित नगर्न दबाब सृजना गर्ने उद्देश्यअनुसार आज बुधबार विप्लव नेतृत्वको माओवादीले बन्द आह्वान गरेको छ । सोही विषयमा दबाब सृजना गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले पनि आगामी १६ गते नेपाल बन्दको आह्वान गरेको हो ।

पार्टीले राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको मुद्दा अब सोझै दलाल पुँजीवादविरोधी संघर्षको एउटा अनिवार्य मुद्दा बन्न पुगेको उल्लेख गर्दै नेपाल बन्दको घोषणा गरेको हो ।

उक्त पार्टीले फागुन ४ र ५ गते एमसीसीविरुद्ध ज्ञापनपत्र बुझाउने, फागुन ६ गतेदेखि १० गतेसम्म एमसीसीको विरोधमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सरकारलाई ज्ञापनपत्र बुझाउने, फागुन ११ र १२ गते एमसीसीविरुद्ध व्यापक पर्चा वितरण गर्ने, फागुन १३ गते साँझ मसाल जुलुस तथा पुत्लादहन गर्ने, फागुन १४ र १५ गते संघर्षको बहस तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने र फागुन १६ गते नेपाल बन्द गर्ने जानकारी दिएको छ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports