kumari
stcnepal

स्वास्थ मन्त्रालयका आठ उच्च तहका पदाधिकारीको जिम्मेवारीमा हेरफेर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर भएको छ । मंगलबार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी ११औँ तहका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको हो ।

निर्णयानुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रहेका डा. कृष्णप्रसाद पौडेललाई मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ । डा. पौडेलको ठाउँमा यसअघि कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. चुमनलाल दासलाई ल्याइएको छ । कोसी अस्पतालमा डा. यज्ञ खरेललाई निमित्त मेसुको जिम्मेवारी दिइएको छ ।

Global bank
त्यसैगरी, भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलालाई कान्ति बाल अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र प्रमुखको जिम्मेवारी डा. यदुचन्द्र घिमिरेले पाएका छन् । डेढ महिनाअघि राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकबाट केन्द्रीय कारागार अस्पतालमा सरुवा गरिएकी डा. सुधा देवकोटालाई पुनः सोही केन्द्रमा फिर्ता गरिएको छ । केन्द्रीय कारागार अस्पताल प्रमुखको जिम्मेवारी डा. प्रकाश साहलाई दिइएको छ ।

त्यस्तै, राष्ट्रिय क्षयरोग केन्द्रमा यसअघि राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रका प्रमुख डा. सञ्जय ठाकुरलाई पठाइएको मन्त्रालयले जनाएको छ ।

footer