सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वास्थ मन्त्रालयका आठ उच्च तहका पदाधिकारीको जिम्मेवारीमा हेरफेर

494
shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर भएको छ । मंगलबार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी ११औँ तहका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको हो ।

निर्णयानुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रहेका डा. कृष्णप्रसाद पौडेललाई मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ । डा. पौडेलको ठाउँमा यसअघि कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. चुमनलाल दासलाई ल्याइएको छ । कोसी अस्पतालमा डा. यज्ञ खरेललाई निमित्त मेसुको जिम्मेवारी दिइएको छ ।

Global bank
त्यसैगरी, भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलालाई कान्ति बाल अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र प्रमुखको जिम्मेवारी डा. यदुचन्द्र घिमिरेले पाएका छन् । डेढ महिनाअघि राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकबाट केन्द्रीय कारागार अस्पतालमा सरुवा गरिएकी डा. सुधा देवकोटालाई पुनः सोही केन्द्रमा फिर्ता गरिएको छ । केन्द्रीय कारागार अस्पताल प्रमुखको जिम्मेवारी डा. प्रकाश साहलाई दिइएको छ ।

त्यस्तै, राष्ट्रिय क्षयरोग केन्द्रमा यसअघि राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रका प्रमुख डा. सञ्जय ठाकुरलाई पठाइएको मन्त्रालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports