kumari
stcnepal

एमसीसी बिरोधी नेताहरू प्रचण्ड निवासमा छलफलमा

सत्तारुढ गठबन्धनमा एमसीसीको विपक्षमा रहेका नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

खुमलटार स्रोतका अनुसार शुक्रबार विहान १० बजे सत्ता गठबन्धनको बैठक बस्नुअघि एमसीसी विरोधी नेताहरुबीच छलफल भइरहेको छ । सत्ताका नेतृत्व गरेको नेपाली काँग्रेसले एमसीसी टेबल गर्न जोडबल गरिहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्ने गठबन्धनकै विकल्प खोज्ने संकेत देखाएपछि प्रचण्ड, माधव र उपेन्द्रसहितका नेता आन्तरिक परामर्शमा जुटेको देखिन्छ ।विहीबार साँझ बसेको गठबन्धनको बैठकमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले विहीबार राति एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए ।

 

 

footer