सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी बिरोधी नेताहरू प्रचण्ड निवासमा छलफलमा

507
shares

सत्तारुढ गठबन्धनमा एमसीसीको विपक्षमा रहेका नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

खुमलटार स्रोतका अनुसार शुक्रबार विहान १० बजे सत्ता गठबन्धनको बैठक बस्नुअघि एमसीसी विरोधी नेताहरुबीच छलफल भइरहेको छ । सत्ताका नेतृत्व गरेको नेपाली काँग्रेसले एमसीसी टेबल गर्न जोडबल गरिहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्ने गठबन्धनकै विकल्प खोज्ने संकेत देखाएपछि प्रचण्ड, माधव र उपेन्द्रसहितका नेता आन्तरिक परामर्शमा जुटेको देखिन्छ ।विहीबार साँझ बसेको गठबन्धनको बैठकमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले विहीबार राति एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports